Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

शेयर बजारमा फेरि रौनकता फर्कियो

शेयर बजारमा फेरि रौनकता फर्कियो

काठमाडौं, २२ मंसिर । शेयर बजारमा फेरि रौनकता फर्किएको छ। सोमबार बजार खुलेको सुरुवाती चरणमा निकै उतारचढाव देखिएको बजार विस्तारै लयमा फर्किएको हो ।

आइतबार नेपाली पुँजी बजारको इतिहासमै सर्वाधिक अंकको गिरावट आएपछि लगानीकर्ता आत्तिएका थिए । राष्ट्र बैंकले शेयर धितो कर्जामा पुनरावलोकन गर्ने भनेपछि अत्तालिएका लगानीकर्ताहरुसँगको भेटमा राष्ट्र बैंकले सरोकारवालाहरुसँग छलफल नगरी कुनै पनि निर्णय नलिने आश्वासन दिएको छ । त्यसले लगानीकर्ताको आत्मबल वृद्धि भएको बताइन्छ ।

सोमबार भने परिसूचक ७२.२८ अंकले २००४.३९ विन्दुमा उक्लिएको छ। कारोबारमा आएका १२ वटै समूहको परिसूचकमा सुधार आएको छ। कारोबार पनि २०६ कम्पनीको ६ अर्ब ६६ करोड ७ढ लाख रुपैयाँ बराबरको छ ।

यस्तै सोमबार सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ। कम्पनीको प्रतिकित्ता १६ सय १० का दरले १ अर्ब ५५ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ। सो दिन सबैभन्दा धेरै कमाउनेमा भने नारायणी विकास बैंकका लगानीकर्ताहरु परेका छन् । यो बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । गुमाउनेमा भने एभरेष्ट इन्स्योरेन्सको प्रमोट शेयरतर्फका छन् । त्यसको मूल्य ६.६७ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x