Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजनाको विजेता घोषणा

इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजनाको विजेता घोषणा

काठमाडौं, २५ मंसिर । इसेवाले दशैँ,तिहार र छठलाई लक्षित गर्दै सार्बजनिजक गरेको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजनाका बिजेता घोषणा गरिएको छ । उपहार योजना अन्र्तगत बम्पर उपहारमा प्युठान रानीकमला धर्मावती २ का मनोज केसीले टिभिएस अपाची आरटिआर मोटरसाइकल जित्न सफल भएका छन् ।

गोलाप्रथाबाट बिजेता सार्बजनिक गरिएको हो । अन्य १३ जनाले पनि दराज, मिसिओ, मिनिसो, एसिडिसीका तर्फबाट विभिन्न आकर्षक पुरस्कार जित्न सफल भए । मंसिर ५ गतेसम्म सञ्चालित यस योजनामा साप्ताहिक रुपमा सयौँ जनाले आकर्षक पुरस्कार जित्न सफल भएका थिए । सम्पूर्ण विजेताहरुको विवरण ब्लग डट इसेवा डटकम डट एनपी र इसेवाको फेसबुक पेजमा सार्बजनिक गरिएको छ ।

यस उपहार योजनामा इसेवाले मिसिओ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसिडिसी,भोज, भिजन तथा ग्यापु जस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x