प्राइम लाईफको साधारण सभा चैत १४ मा, १२.५ प्रतिशतको बोनस सेयर प्रस्ताव

काठमाडौं, २० फागुन । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले ११ औं वार्षिक साधारण सभा चैत १४ गते हुने भएको छ । कम्पनीको हिजो बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्षको कमाईबाट १२.५ प्रतिशतका दरले बोनस सेयर दिने विशेष प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । साधारण सभाका लागि कम्पनीले फागुन ३० गते बुक क्लोज गर्दैछ । बोनस सेयर वितरणपछि चुक्ता पूँजी १ अर्व ७८ करोड रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *