सयपत्री हाइड्रोपावरको बिक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियूक्त

काठमाडौं, २० फागुन । सयपत्री हाइड्रोपावरले ९ लाख कित्ता आइपिओ जारी गर्ने भएको छ। यसका लागि कम्पनीले एनआइबिएल एस क्यापिटल मार्केट्सलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।सेयर निष्कासन सम्बन्धी सम्झौता पत्रमा सयपत्री हाइड्रोपावरका अध्यक्ष डा.बद्री केसी र एनआइबिएल एस क्यासपिटलका महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

कम्पनीको पहिलो साधारणसभाले आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले सुरुमा आयोजना प्रभावित क्षेत्रका बाग्लुङका बासिन्दाहरुका लागि १० प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर निष्कासन गर्नेछ । त्यस पश्चात कम्पनीले २० प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सर्वसधारणलाई निष्कासन गर्ने जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *