संघीय संसदका सदस्यहरुको शपथ आज

काठमाडौं, २० फागुन । प्रतिनिधिसभा र राष्ट्रियसभा (संघीय संसद) का सदस्यहरुले आज शपथ ग्रहण गर्दैछन् । प्रतिनिधिसभाको ४ बजे र राष्ट्रियसभाको पाँच बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । दुवै सदनका सदस्यहरुको शपथ ग्रहणको कार्यक्रम संघीय संसद भवन नयाँ बानेश्वरमा हुनेछ ।

४४ सांसदले १० मातृभाषामा शपथ लिने छन् । संघीय संसदको पहिलो बैठक सोमबार बस्ने भएकाले सांसदहरुलाई एक दिन अगाडि नै शपथ ग्रहण गराउन लागिएको हो । प्रतिनिधिसभाका सांसदहरुलाई जेष्ठ सदस्य महेन्द्रराय यादवले र राष्ट्रियसभाका सांसदहरुलाई जेष्ठ सदस्य तारादेवी भट्टले शपथ ग्रहण गराउनेछन् । प्रतिनिधिसभा २७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्यीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *