Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

चुलिँदै खाद्यान्न आयात, प्रथम चौमासमा दोब्बर बढ्यो

चुलिँदै खाद्यान्न आयात, प्रथम चौमासमा दोब्बर बढ्यो

काठमाडौं, २८ मंसिर । खाद्यान्नमा आत्मनिर्भर हुने रणनीतिक योजना अनुसार काम नहुँदा यसको आयातका लागि मुलुकबाट वर्षेनि अर्बौं रुपैयाँ बाहिरिने गरेको छ । भन्सार विभाग र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकले खाद्यान्न आयात वर्षेनि ठूलो अंकले बढ्दै गएको देखाउँछ । मागको तुलनामा स्थानीय उत्पादनको आपूर्ति कम भएपछि मुलुक खाद्यान्नमा परनिर्भर रहँदै आएको छ ।
चालू आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकमा २५ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको मुख्य खाद्यान्न (चामल, मकै, गहुँ, कोदो) भित्रिएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार साउनदेखि कात्तिक मसान्तसम्ममा मुलुकमा कुल २५ अर्ब २७ करोड ५९ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बर बढी हो । केन्द्रका अनुसार गत आवको पहिलो चार महिनामा मुलुकमा १२ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ बराबरको मुख्य खाद्यान्न आयात भएको थियो ।
चालू आवको पहिलो चौमासमा सबैभन्दा धेरै परिमाणमा छिमेकी मुलुक भारतबाट खाद्यान्न आयात भएको छ भने आयात गरिएको खाद्यान्नमा चामलको हिस्सा सबैभन्दा बढी छ । केन्द्रको तथ्यांक अनुसार सो अवधिमा चामल मात्रै साढे ९ अर्ब रुपैयाँबराबरको १ लाख ९८ हजार टन चामल भित्रिएको छ । गत आर्थिको वर्षको सोही अवधिमा ४ अर्ब ९० करोड रुपैयाँ बराबरको चामल आयात भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x