Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

‘नेपाललाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक’

‘नेपाललाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक’

काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक भएको बताएका छन् । चिली र इटालीसँगको साझेदारीमा फ्रान्स, संयुक्त अधिराज्य तथा संयुक्त राष्ट्रसंघले शनिवार संयुक्त रूपमा शनिवार आयोजना गरेको ‘जलवायु महत्वाकाक्षा’ सम्मेलनलाई पूर्व अभिलेखित भिडियोबाट सम्बोधन गर्दै उनले यस्तो धारणा राखेको राससमा उल्लेख छ ।
पेरिस सम्झौता एवं विश्वव्यापी तापक्रम १.५ डिग्रीमा सीमित राख्ने आह्वानप्रति नेपालको दृढ समर्थन रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । हरित यात्रामा एकसाथ अघि बढ्न नेपालले सबै मुलुकबाट साथ पाउने अपेक्षा गरिएको उनको भनाइ छ ।
जलवायुसम्बन्धी महत्वाकांक्षा लागू गर्न जलवायु उत्थानशील विकासको प्रवद्र्धनका लागि नेपाल पूर्ण प्रतिबद्ध रहेको उनले बताएका छन् । हरित वृद्धि र हरित पुनरुत्थान प्रवद्र्धनका लागि स्वच्छ एवं नवीकरणीय ऊर्जा उत्पादनलाई प्राथमिकता दिइएको, विद्युतीय परिवहन, न्यून कार्बन पूर्वाधार र पर्या–पर्यटनको प्रवद्र्धनमा विशेष जोड दिइएको उनको भनाइ थियो ।
नेपालले यो वर्षको अन्त्यसम्ममा परिष्कृत ‘एनडीसी’ प्रस्तुत गर्ने र सन् २०५० भित्र शून्यःप्राय कार्बन उत्सर्जनको परिदृश्यमा पुग्न महत्वाकाक्षी दीर्घकालीन रणनीति तर्जुमा गर्ने जानकारी उनले दिए । सन् २०२१ सम्ममा राष्ट्रिय अनुकूलन योजना एवं तदनुकूल जलवायु वित्त रणनीति र मार्गचित्र बनाइने उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x