Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

भूकम्पपछिको स्वास्थ्य संस्था पुनर्निर्माणमा करिब ६० प्रतिशत प्रगति

भूकम्पपछिको स्वास्थ्य संस्था पुनर्निर्माणमा करिब ६० प्रतिशत प्रगति

काठमाडौं, २७ मंसिर । २०७२ सालको भूकम्पले क्षति पुगेका स्वास्थ्य संस्थाको पुनर्निर्माणमा ढिलासुस्ती भएको पाइएको छ । भूकम्पपछिको ५ वर्ष अवधिमा स्वास्थ्य संस्थाको पुनर्निर्माण करिब ६० प्रतिशत मात्र सम्पन्न भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पले मुलुकका १ हजार १९७ स्वास्थ्य संस्थाका भवनमा क्षति पु¥याएको थियो, जसमध्ये ५४४ वटा पुनर्निर्माण गर्नुपर्ने सूचीमा राखिएको थियो ।
पुनर्निर्माणका लागि सूचीकृत स्वास्थ्य संस्थामध्ये हालसम्म ३२६ ओटाको मात्र पुनर्निर्माण पूरा भएको छ, जुन लक्ष्यको ५९.९३ प्रतिशत हुन आउँछ । यस्तै ९० स्वास्थ्य संस्था पुनर्निर्माणको अवस्थामा छन् भने १२८ वटाको निर्माण अझै शुरू भएको छैन ।
भूकम्पले क्षति पु¥याएका अधिकांश भौतिक संरचनाको पुनर्निर्माण सम्पन्न गर्न ढिलाइ भइरहेको छ । प्राधिकरणका अनुउसार भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणका लागि ७ लाख ८५ हजारले पहिलो किस्ता रकम लिएकोमा हालसम्म ५ लाख ५० हजार मात्र सम्पन्न भएको छ ।
यस्तै १३९ सार्वजनिक विद्यालय, ३७७ पुरातात्विक सम्पदा र १६७ सुरक्षा निकायका भवनको पुनर्निर्माण अझै शुरू भएको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x