Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

आरएसडिसी लघुवित्तको साधारणसभा पुस २४ गते, १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने

आरएसडिसी लघुवित्तको साधारणसभा पुस २४ गते, १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं, २८ मंसिर । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा पुस २४ गते बुटवलमा हुने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न कम्पनीले साधारणसभा बोलाएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ३.६३ प्रतिशत नगद लाभांश गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १० गते बुकक्लोज गर्नेछ, जसअनुसार त्यसभन्दा अघिल्लो दिन अर्थात् पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी साधारणसभामा सहभागी हुन र लाभांश पाउन योग्य हुनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x