Date

शनि, भदौ २८, २०८२
Sat, September 13, 2025

सेलपेका ग्राहकले फोनपेको क्यूआर मार्फत भुक्तानी गर्न सक्ने

सेलपेका ग्राहकले फोनपेको क्यूआर मार्फत भुक्तानी गर्न सक्ने

काठमाडौं, २९ मंसिर । फोनपे पेमेन्ट सर्विस र सेलपेबीच क्युआर भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार सेलपेका ग्राहकले सेलपेको मोबाईल एप्लीकेशनबाट क्यूआर मार्फत सहजै भुक्तानी गर्न सक्नेछन् । सम्झौतापत्रमा फोन पेकातर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र सेलपेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै सेलपेका ग्राहकले फोनपेका एक लाख ६० हजार भन्दा धेरै मर्चेन्टमा क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्ने जनाइएको छ। पछिल्ला दिनमाफोन पे नेटवर्कमा बैंक तथा वित्तीयसंस्थाका साथै विभिन्न भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरू आवद्ध हुने क्रम बढ्दो छ भने मर्चेन्टहरुस्को संख्या पनि तिब्र रूपमा बढिरहेको फोनपेले जानकारी दिएको छ।

फोनपे नेटवर्कमा ५२ वटा बैक तथावित्तीय संस्था आवद्ध छन् भने एक लाख ६० हजार बढि मर्चेन्ट रहेका छन् । ११ लाख मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्मार्फत सेवा प्रदान गर्दै आएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *