Shangrila

बीमाशुल्क लगायत भुक्तानीका लागि प्राइम लाइफको अनलाइन सेवा विस्तार

काठमाडौँ, ३० मंसिर । आफ्ना ग्राहकलाई बीमाशुल्क लगायत भुक्तानीमा सहज बनाउन प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइन सेवाका लागि सम्झौता गरेको छ । सोमवार एक कार्यक्रममा कम्पनीले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)सँग कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस लगायत सेवा सञ्चालनका लागि सम्झौता गरेको हो । सम्झौतामा प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई तथा एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सो सेवा सञ्चालनपछि बीमितहरुले अब घरमै बसेर बीमाशुल्क लगायत भुक्तानी गर्न सक्नेछन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *