Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सन्राइज बैंकका ग्राहकलाई सिद्धार्थ ग्रूप अफ हस्पिट्यालिटीमा विशेष छुट

सन्राइज बैंकका ग्राहकलाई सिद्धार्थ ग्रूप अफ हस्पिट्यालिटीमा विशेष छुट

काठमाडौं, ३० मंसिर । सन्राइज बैंकले आफ्ना ग्राहकलाई होटल क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यले सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटीसँग सम्झौता गरेको छ । सन्राइज बैंक लिमिटेड तथा सिद्घार्थ गुप्र अफ हस्पिट्यालिटीबीच बैंकका ग्राहकलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा सोमवार हस्ताक्षर भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले सिद्धार्थ ग्रूपका होटलमा खान, बस्न तथा बेबरेज जस्ता सुविधाको भुक्तानी गर्दा सन्राइज बैंकको क्रेडिट तथा डेबिट कार्ड देखाएर वा कार्ड मार्पmत भुक्तानी गर्दा १० प्रतिशतको छूट लिन सक्नेछन् ।
उक्त सम्झौता पश्चात् सिद्धार्थ गुप्र अन्तर्गत रहेका काठमाडौं उपत्यका तथा उपत्यका बाहिर महेन्द्रनगर, कैलाली, बुटबल, सुर्खेत, बिर्तामोड लगायत अन्य जिल्लाहरूमा अवस्थित होटल, रिसोर्ट, रेष्टुरेन्ट तथा क्याफेहरुमा पनि ग्राहकहरुले छुटको लाभ लिन सक्नेछन् । बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नवीनतम सेवा प्रदान गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप सेवा सुबिधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x