लक्ष्मी बैंकले गर्यो ११.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव
काठमाडौं, ३० मंसिर । लक्ष्मी बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।बैंक संचालक समितिको सोमबार बसेको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत एवं आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।