स्पर्श लघुवित्त वित्तीय संस्थाले २०.५३ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं, ३० मंसिर । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट २०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
सोमवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीले चुक्तापूँजी ९ करोड ३७ लाख ४८ हजार १९० को आधारमा उक्त लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।