Shangrila

प्रतितोला रू. १ सयले घट्यो सुन, चाँदीको मूल्य यथावत्

काठमाडौं, ३० मंसिर । मंगलवार सुनको मूल्य अघिल्लो दिनको तुलनामा रू. १ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार प्रतितोला तेजावी सुनको मूल्य ९२ हजार ४०० रुपैयाँ रहेकोमा आज १ सय घटेर ९२ हजार ३०० रुपैयाँमा आएको छ ।
मंगलवारको छापावाल सुनको मूल्य पनि रू. १ सय नै घटेको छ । सोमवार प्रतितोला रू. ९१ हजार ९५० रहेको छापावाल सुनको आज ९१ हजार ८५० मा कायम भएको छ ।
आज चाँदीको मूल्य भने यथावत् रहेको छ । विगत केही दिनयता चाँदीको मूल्यमा कुनै घटबढ नभई प्रतितोला १२ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *