Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नाका सहज नहुँदा घट्यो चीनसँगको व्यापार

नाका सहज नहुँदा घट्यो चीनसँगको व्यापार

काठमाडौं, ३० मंसिर । कोरोना महामारीका कारण उत्तरी छिमेकी मुलुक चीनसँगको नाका सहज सञ्चालन नहुँदा नेपाल–चीन व्यापार प्रभावित भएको छ । गतवर्ष माघदेखि नै बन्द चीनसँगका दुई प्रमुख नाकाहरू रसुवागढी र तातोपानी अझै दोहोरो रूपमा सञ्चालन हुन सकेको छैन ।
सामान्य अवस्थामा चीनबाट दैनिक सय कन्टेनर सामान आयात हुने गरेकोमा हाल यी नाकाबाट ५ कन्टेनरसम्म सामान आयात भइरहेको छ । यसबाट नेपाली व्यापारी व्यवसायीको सयौं कन्टेनर सामान उतै रोकिएको छ भने चीनसँगको व्यापारमा समेत कमी आएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालू आवको सोही अवधिमा चीनसँगको व्यापार रू. २० अर्बले घटेको छ । गत वर्षको प्रथम चौमासिक अवधिमा नेपाल र चीनबीच रू. ८० अर्ब ८१ करोडको व्यापार गरेको थियो । तर चालू आर्थिक वर्षको यसै अवधिमा रू. ६० अर्ब ४१ करोडमा खुम्चिएको छ ।
नाकाको समस्याकै कारण कारण द्विदेशीय व्यापार घटेको हिमालय सीमापार व्यापार संघले बताएको छ । संघका अनुसार पछिल्लो समय नेपाली व्यापारीले चीनको विकल्पको रूपमा भारत, बंगलादेश, थाइल्याण्ड, भियतनाम लगायत देशसँगको कारोबार बढाउँदै लगेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x