मंगलवार ५.७५ अंकले घट्यो शेयर बजार, ६ अर्बभन्दा बढीको कारोबार
काठमाडौं, ३० मंसिर । शेयर बजार परिसूचक नेप्सेमा मंगलवार झीनो अंकले करेक्सन भएको छ । यस दिन परिसूचक ५.७५ अंकले घटेर २०६१.४१ मा आइपुगको छ । यस्तै ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७४ अंकले घटेर ३८७.४२ रहेको छ ।
मंगलवार कारोबारमा आएका २०५ कम्पनीको ४७ हजार ७६९ पटकको कारोबारमा ९७ लाख ५५ हजार ५४७ कित्ता शेयर किनबेच भएको छ । यस दिन कुल ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार ६८९ रुपैयाँ बराबरको कारोबार भएको हो । सोमवार ५६ अंकले बढेको बजारमा ७ अर्ब २० करोड रुपैयाँको कारोबार भएको थियो ।
मंगलवार बैंकिङ, जीवन बीमा र लघुवित्त उपसमूह बाहेक सबै समूह घटेका छन् । यस दिन लघुवित्त कम्पनीको शेयर मूल्य सर्वाधिक बढेको छ । यस दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ५२ करोड रुपैयाँको शेयर किनबेच भएको हो ।