Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

शहरी विकास मन्त्रालयका सम्पन्न एवं कार्यान्वयनमा रहेका कार्ययोजना सार्वजनिक

शहरी विकास मन्त्रालयका सम्पन्न एवं कार्यान्वयनमा रहेका कार्ययोजना सार्वजनिक

काठमाडौं, ३० मंसिर । शहरी विकास मन्त्रालयले सम्पन्न भएका र आगामी २ महिनाभित्र गर्ने मुख्य मुख्य कार्य सार्वजनिक गरेको छ । शहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ नियुक्त भएको २ महिनामा सम्पादन भएका काम कारबाहीको सोमवार भएको समीक्षात्मक बैठकले हालसम्म भएकार र कार्यान्वयनको चरणमा रहेका विभिन्न १७ ओटा कार्य प्रस्तुत गरेको हो ।
मन्त्रालयका अनुसार उपत्यकाको फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइटको काम अन्तिम चरणमा पुगेको छ । यस्तै सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ३ हजार २५५ घरको फुसको छाना विस्थापित गरिएको छ ।
आगामी माघभित्र गोदावरीमा निर्माणाधीन सभालको निर्माण सम्पन्न गरिने मन्त्रालयले उल्लेख गरेको छ । यसैगरी सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवनको काम लक्ष्य अनुसार सक्नेगरी अघि बढाइएको मन्त्रालयले बताएको छ ।
यसैगरी मन्त्रालयका अन्य कार्ययोजनाहरूमा अन्तर्राष्ट्रिय जाँचचौकी, प्रधानमन्त्री निवासमा हेलिप्याड, धोवीखोला करिडोर, विभिन्न पार्क निर्माण, कोभिड अस्पतालको अनुगमन तथा निरीक्षणप, एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन, रुग्ण आयोजनाको व्यवस्थापन, शहरी सौन्दर्यीकरण एवं हरियाली निर्माण लगायत छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x