Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

लगानी बोर्डमा चार ठूला परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन पेश

लगानी बोर्डमा चार ठूला परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन पेश

काठमाडौं, १ पुस । लगानी बोर्डले सहजीकरण गरिरहेकामध्ये चार ठूला पूर्वाधार परियोजनाका विकासकर्ताले सम्बन्धित परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालय समक्ष पेश गरेका छन् ।
प्रतिवेदन पेश गर्नेमध्ये वीरगञ्ज र भैरहवामा निर्माण हुने ‘प्राइभेट फ्रेट टर्मिनल एण्ड बल्क ह्यान्डलिङ फ्यासिलिटिज’ परियोजनाका लागि विकासकर्ता कम्पनी प्mयाश फ्रेट लजिस्टिक एन्ड इन्टरनेशनल कार्गो टर्मिनल एन्ड इन्फ्रास्ट्रक्चर प्रालिले मंगलवार विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीईएसआर) पेश गरेको छ । यसका लागि लगानी बोर्डको कार्यालय र विकासकर्ता कम्पनीबीच २०७६ मङ्सिर १५ मा सम्झौता भएको थियो ।
यसैगरी विराटनगरमा निर्माण हुने ‘मल्टी–मोडल लजिस्टिक पार्क’ परियोजनाको विकासकर्ता कम्पनी सीजी लजिस्टिक प्रालि र सर्राफ ग्रूपले समेत उक्त परियोजनाको डीईएसआर बुझाएका छन् । बोर्डको कार्यालय र उक्त विकासकर्ता कम्पनीबीच २०७६ असार २ मा यससम्बन्धी सम्झौता भएको थियो ।
यसैगरी ‘चाइना–नेपाल फ्रेन्डशिप इन्डस्ट्रियल पार्क’ परियोजनाको विकासकर्ता कम्पनीको तर्फबाट दमक क्लिन इन्डस्ट्रियल पार्कले सोमवार डीईएसआर पेश गरेको छ । २०७६ साउन १७ मा सम्पन्न लगानी बोर्डको ३९औं बैठकले उक्त परियोजना निर्माणका लागि ५८ दशमलव ६१ करोड अमेरिकी डलर बराबरको लगानी स्वीकृत गरेको थियो । सो परियोजना ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन चिङ पिङ जोइन्ट क्रिएशन कन्स्ट्रक्शन प्रोजेक्ट डेभलपमेन्ट कम्पनी र दमक क्लिन इन्डस्ट्रियल पार्कको संयुक्त लगानीमा झापाको दमकमा निर्माण हुनेछ ।
साथै बीरेठाँटी–मुक्तिनाथ केबलकार निर्माणका लागि विकासकर्ता कम्पनी मुक्तिनाथ दर्शन प्रालिले मङ्सिर १४ गते उक्त आयोजनाको डीईएसआर बुझाएको छ । कुल ८० दशमलव १६ किमी लामो प्रस्तावित केबलकार वीरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम हुँदै मुक्तिनाथसम्मको हुनेछ ।
यसैबीच, लगानी बोर्ड कार्यालयको समन्वयमा बोर्ड कार्यालय, नेपाल विद्युत् प्राधिकरण र होङ्सी शिवम् सिमेन्ट परियोजनाका पदाधिकारीहरूबीच उक्त परियोजनाका लागि आवश्यक विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधानका लागि छलफल भएको छ । छलफलमा प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आगामी जेठभित्र उक्त परियोजनाका लागि प्रसारण लाइन निर्माण गरी विद्युत् आपूर्तिको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ठूला परियोजनाले रोजगारी लगायत देशको समग्र आर्थिक विकासमा उल्लेख्य योगदान पु¥याउने भन्दै यस्ता परियोजनाको कर्यान्वयनमा आवश्यक सहजीकरणका लागि बोर्डले सक्दो प्रयास गरिरहेको बताए । यस्तै बोर्डका सहसचिव धर्मेन्द्रकुमार मिश्रले परियोजनाहरूलाई समयमै सम्पन्न हुने व्यवस्थाको निश्चितताका लागि लगानी बोर्ड कार्यालय सदैव क्रियाशील रहने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x