Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

कोभिड–१९ विरुद्ध ‘खोप द्रुत कार्ययोजना’ तयार, आठ कार्यक्षेत्र तोकियो

कोभिड–१९ विरुद्ध ‘खोप द्रुत कार्ययोजना’ तयार, आठ कार्यक्षेत्र तोकियो

काठमाडौं, १ पुस । सरकारले ७२ प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउने उद्देश्यले ‘खोप (भ्याक्सिन) को द्रुत कार्ययोजना’ तयार पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलवार सूचना जारी उक्त कार्ययोजना बनाएर विभिन्न आठ कार्यक्षेत्र तोकिएको जानकारी दिएका छन् ।
जस अन्तर्गत खोप सचिवालयको गठन, खोपको प्राविधिक कार्यपत्रलाई पूर्णता दिने, पूर्वाधार एसेसमेन्ट (उपकरण, भण्डारण र आपूर्ति), आवश्यकता आकलन (सार्वजनिक र निजी), सेवाग्राहीको व्याख्यासहित प्राथमिकीकरण (संस्थाको हकमा विद्युतीय प्रणालीबाट तथा अन्य व्यक्तिको हकमा स्थानीय तहमार्फत गर्ने), जनशक्ति, तालीम र निर्देशिकालगायत कार्य अगाडि बढेको प्रवक्ता गौतमलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । यस्तै खोप कोषको प्रस्ताव आह्वान, सञ्चालन र सार्वजनिक सूचना प्रवाह निर्देशिका बनाई साझेदारसँग संवाद, अनुगमन, नियमन, अनुसन्धान तथा क्लिनिकल व्यवथापन पहिचान गरी कार्यदल गठन गर्ने कार्य भइरहेको जानकारी दिइएको छ ।
सरकारले कोभिड–१९ खोपसम्बन्धी प्राविधिक सुझाव दिन विज्ञ सल्लाहकार समिति गठन गई आवश्यक काम गरिरहेको प्रवक्ता गौतमको भनाइ छ । मन्त्रालयले कोभ्याक्स सुविधाको मार्गदर्शनमा आधारित भएर स्रोत परिचालन र लक्षित जनसंख्याको कार्ययोजना सरकार (मन्त्रिपरिषद्)बाट स्वीकृत भई कार्य अगाडि बढेको मन्त्रालयले बताएको छ ।
सरकारले खोप ल्याउन आकस्मिक अवस्थामा औषधि तथा खोप दर्ता व्यवस्थाका लागि औषधि ऐन–२०३५ लाई अध्यादेशमार्फत संशोधन गरेको छ । मन्त्रालयले खोपको आवश्यक व्यवस्थापनका लागि सङ्घ, प्रदेश र स्थानीय तहका जिम्मेवार निकायलाई समेत तयारी अवस्था रहने भनेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x