Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सानिमा बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं, १ पुस । सानिमा बैंकको ४० लाख युनिट ऋणपत्र आजदेखि बिक्री खुला भएको छ । बैंकले प्रति युनिट १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो ।

ऋणपत्रमा वार्षिक ८.५० प्रतिशत ब्याजदर पाइनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।

२४ लाख युनिट बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । सामूहिक लगानी कोषलाई ८० हजार युनिट छुट्याएको छ । सर्वसाधारणले बाँकी १५ लाख २० हजार युनिटका लागि आवेदन दिन सक्नेछन् । यो ऋणपत्रमा छिटोमा पुस ५ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने पुस १५ गतेसम्म भर्न सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x