Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

भाइबरबाट पनि रकम पठाउन र रिचार्ज गर्न सकिने

भाइबरबाट पनि रकम पठाउन र रिचार्ज गर्न सकिने

काठमाडौं, १ पुस । इसेवा र राकुटेन भाइबरबीच नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्ने सम्झौता गरेका छन् । योसँगै अब भाइबर प्रयोगकर्ताले सहज रूपमा आफ्नो इसेवा खाता भाइबरसँग लिंक गरि टक टाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन् ।

यस किसिमको साझेदारी एशिया प्रशान्त क्षेत्रमा पहिलो पटक भएको कम्पनीले जनाएको छ । यो सुविधा नेपालका सबै भाइबर प्रयोगकर्ताका लागि उपलब्ध हुने जनाइएको छ ।

भाइबरबाट वित्तीय कारोबार गर्दा प्रयोगकर्ताले हरेक कारोबारमा न्यूनमत १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्म क्यास ब्याक पाइनेछ । यस्तै ५० रुपैयाँ ट्रान्स्फर गर्दा ५ प्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिने छ । यसबाहेक साप्ताहिक आधारमा आकर्षक उपहार तथा भौचर जित्ने मौका मिल्नेछ । बम्पर उपहारमा एकजना भाग्यशाली प्रयोकगर्ताले ल्यापटप उपहार पाउने जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x