Shangrila

लिखुखोला हाइड्रोपावरको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

काठमाडौं, १ पुस । लिखुखोला हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभूतिकर्ताको रूपमा नागरिक लगानी कोषलाई नियुक्त गरिएको छ । शेयर प्रत्याभूति कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्चरको तर्फबाट अनिल अग्रवालले मंगलवार सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीको जारी पूँजी ३ अर्ब १२ करोड ५० लाखमध्ये बीस प्रतिशतले हुन आउने सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्ट्याएको ६२ लाख ५० हजार कित्ता शेयर रू. १०० अंकित दरले हुन आउने ६२ करोड ५० लाख रुपैयाँको शेयर प्रत्याभूति व्यवस्थापनको कार्य गर्न कोषलाई नियुक्त गरिएको हो ।
रामेछाप र ओखलढुंगाको सिमानाको रुपमा रहेको लिखुखोलाबाट ५२.४ मेगावाट विद्युत् उत्पादन गर्ने उक्त आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भइसकेको कम्पनीले जानकारुी गराएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *