Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कोभिडकै बीच लयमा फर्किंदै सौराहाको पर्यटन व्यवसाय

कोभिडकै बीच लयमा फर्किंदै सौराहाको पर्यटन व्यवसाय

चितवन, २ पुस । कोभिड महामारीका कारण लामो समयदेखि सुस्ताएको सौराहाको पर्यटन क्षेत्र लयमा फर्किन थालेको छ । पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढेपछि यहाँको पर्यटन व्यवसायले गति लिएको हो । विशेषगरी तिहारपछि आन्तरिक पर्यटक बढेपछि सम्बद्ध पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
पछिल्लो समय सौराहालाई आन्तरिक पर्यटकले चलायमान गराउन थालेको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । उनका अनुसार आन्तरिक पर्यटक आकर्षित गर्न देशव्यापी रूपमा ‘घुमौं सौराहा’ अभियान सञ्चालन गर्न लागिएको छ । यस्तै अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रूपमा सौराहालाई प्रवद्र्धन गर्न लागिएको उनले बताएका छन् ।
सौराहामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न हात्ती सफारीको अवधि थप गरिएको छ । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन व्यवसायीले पर्यटकलाई थप समय घुमाउने निर्णय गरेका हुन् ।
पर्यटन दिवसको दिनदेखि लामो समयदेखि बन्द रहेका यहाँका होटल तथा रेष्टुराँ खुलेका हुन् । अहिले होटलभन्दा रेष्टुराँमा पर्यटक केही धेरै छन् । रेष्टुराँ एण्ड बार एशोसिएशन नेपाल सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार अन्तर जिल्लाका पर्यटकको आवागमन रहेको र करिब ३० प्रतिशत पर्यटक रेष्टुराँमा आउन थालेका छन् ।
सौराहामा ठूला साना १४० होटल छन् भने करिब ५० रेष्टुराँ सञ्चालनमा रहेका छन् । सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात छ । स्वदेशी र विदेशी पर्यटक यहाँ जङ्गल सफारीका लागि आउने गर्दछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x