वायरबार्ले मार्फत इसेवा मनि ट्रान्स्फरको सेवा थप ६ वटा देशबाट सुरू
काठमाडौं, ३ पुस । इसेवामनि ट्रान्सफर र वायरबार्लेबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया, र हङकङमा रहेका नेपालीले वायरबार्लेबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा सहजै रकम पठाउन सकिन्छ ।
नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट मार्फत रकम प्राप्त गर्न सकिन्छ । यस्तै रकम सिधै इसेवा वालेटमा प्राप्त गर्न सकिन्छ भने बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।
वायरबार्ले एउटा फिनटेक स्टार्ट अप कम्पनी हो, जसले एशिया प्रशांत क्षेत्रमा मोबाइल÷अनलाइन रेमिट्यान्स् सेवा प्रदान गर्दछ । वायरबार्ले अस्ट्रेलियाको पहिलो र अग्रणी कम्पनीहो र यसको सेवा अस्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, क्यानाडा, न्युजिल्यान्ड र हङकङमा रहेको छ । यस कम्पनीले छिट्टै नै जापान, फिलिपिन्स् लगायतका मुलुकमा सेवा विस्तार गर्दै छ ।