Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

आइएमई ‘भरोसा कोश’ मार्फत ७९ जनालाई रकम हस्तान्तरण

आइएमई ‘भरोसा कोश’ मार्फत ७९ जनालाई रकम हस्तान्तरण

काठमाडौं, ३ पुस । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका ७९ जना आफन्तहरुलाई आइएमई ‘भरोसा कोश’ मार्फत जनही ५० हजार रुपैयाँका दरले रकम हस्तान्तरण गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कम्पनीका प्रवन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र कलाकारद्वय दीपकराज गरी र दिपाश्री निरौलाले संयुक्त रुपमा काठमाडौंबाट आवेदन परेका ७ जनालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त सहयोग रकम प्राप्त गर्न योग्य अन्य आवेदकहरुलाई कम्पनीले आइएमई पे वालेटमार्फत रकम भुक्तान लिन सक्ने व्यवस्था मिलाएको छ । त्यस्तै उक्त सहयोग राशि पुस मसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।

कम्पनीले २०७६ पुस १६ देखि २०७७ असोज ३० गतेसम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरुले आवश्यक विवरण सहित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरुका साथै सबै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरुमा गत मंसिर १५ गतेसम्म आवेदन दिन सक्ने गरी व्यवस्था मिलाएको थियो ।

हाल कम्पनीले शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x