Shangrila

सबै नागरिकलाई राज्यले कोरोना खोप उपलब्ध गराउँछ : अर्थमन्त्री पौडेल

काठमाडौं, ३ पुस । अर्थमन्त्री विष्णु पौडेलले सबै नागरिकलाई राज्यले कोरोना भाइरस (कोभिड–१९) खोप उपलब्ध गराउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई अर्थ मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री पौडेलले राज्यले सबै नागरिकलाई निःशूल्क खोप लगाइदिने बताएका हुन् ।

उनले भने, “राज्यले सबै नागरिकलाई निशुल्क खोप लगाइदिन्छ । स्रोत जुटाउन अर्थलाई समस्या छैन । खोप आयातका लागि सफल भएका र अध्ययन भइरहेका मुलुकमा कूटनीतिक रुपमा कुराकानी भइरहेको छ । सुरुमा फ्रन्टलाइनर, त्यसपछि वृद्ध र सबै नागरिकलाई खोप लगाउने तयारी भएको छ ।”

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *