Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

तीन जिल्लामा रोपवे तथा केबलवे निर्माण गर्दै बागमती प्रदेश सरकार, डीपीआरको काम अघि बढ्दै

तीन जिल्लामा रोपवे तथा केबलवे निर्माण गर्दै बागमती प्रदेश सरकार, डीपीआरको काम अघि बढ्दै

हेटौंडा, ५ पुस । बागमती प्रदेश सरकारले प्रदेशका तीन जिल्लामा रोपवे तथा केबलवे निर्माण गर्ने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मकवानपुरको इन्द्रसरोवर, रसुवाको गोसाइँकुण्ड र दोलखामा रोपवे तथा केवलवे निर्माणका लागि अध्ययन शुरू गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाललाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
मन्त्री फुँयालका अनुसार रोपवे निर्माणका लागि अध्ययन, विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार तथा निर्माण प्रारम्भ गर्नका लागि मन्त्रालयमा चरणबद्ध छलफल कार्यक्रम भइरहेको छ । देशमा हाल विद्युत् उत्पादन बढ्दै गएको सन्दर्भमा विद्युतीय ऊर्जामार्फत सञ्चालन हुने यातायातका साधनलाई प्राथमिकता दिइनुपर्ने भन्दै मन्त्री फुँयालले विद्युतीय ऊर्जामार्फत सञ्चालन हुने सडक सवारी तथा रोपवे निर्माण सरकारको प्राथमिकतामा पर्ने बताएका छन् ।
प्रदेश सरकारले अत्यावश्यक स्थानमा कुनै पनि प्रकारको ऊर्जाको प्रयोगबिना सञ्चालन गर्न सकिने ग्राभिटी रोपवे (गुरुत्वाकर्षणका कारण सञ्चालन हुने) निर्माणका बारेमा समेत अध्ययन शुरू गरेको जानकारी मन्त्री फँुयालले दिएका छन् ।
१०२ वर्ष अगाडि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण गरिएको हेटौँडा काठमाडौँ रोपवे पुनः सञ्चालन गर्न सकिने वा नसकिने अध्ययन गरेर पुनर्निर्माण गर्न सकिने भए पुनर्निर्माण गर्ने तथा नसकिने भए त्यसका संरचनालाई हटाएर व्यवस्थित गरिने उनले बताए । सो कार्यका लागि मन्त्रालय अध्ययन समिति निर्माण गर्ने क्रममा रहेको र समितिको प्रतिवेदन प्राप्तिपछि प्रतिवेदनका आधारमा काम गरिने उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x