Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

नेशनल लाइफ इन्स्योरेन्सको सिईओको जिम्मेवारी सुरेश प्रसाद खत्रीलाई

नेशनल लाइफ इन्स्योरेन्सको सिईओको जिम्मेवारी सुरेश प्रसाद खत्रीलाई

काठमाडौं, ५ पुस । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)को जिम्मेवारी कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीलाई दिइएको छ । कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।

आजबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बहादुर बस्नेतको पदावधि सकिएको छ । योसँगै खत्रीलाई अर्काे व्यवस्था नभएसम्मका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x