Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबीच सम्झौता

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबीच सम्झौता

काठमाडौं, ५ पुस । ग्लोबल आइएमई बैंक लि. र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (प.नि.का.) बल्खुबीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरुसम्बन्धी सम्झौता नवीकरण भएको छ । उक्त सम्झौतापत्रमा त्रि.वि, प.नि.का.का तर्पmबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंक लि.को तर्फबाट किर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापत्रअनुरुप त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा दैनिक रूपमा संकलन हुने शुल्क तथा धरौटी बापतको रकम संकलन गर्ने व्यवस्थाका साथै त्रि.वि.अन्तर्गतका क्याम्पसहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयबाट शुल्क÷रकम जम्मा गर्न सकिनेछ । त्रि.वि.का विद्यार्थीहरुको सम्पूर्ण कारोबार यस बैंकको बल्खुस्थित काउन्टरलगायत नेपाल अधिराज्यभरका सबै शाखाबाट त्रि.वि.को आम्दानी खातामा जम्मा गर्न मिल्नेछ । साथै उक्त काउण्टरबाट प.नि.का.मा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिने÷दिनेलगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध हुनेछ ।
विभिन्न सरकारी कार्यालयहरुको आर्थिक कारोबार बैंक मार्फत गर्ने गराउने सरकारको नीतिअनुरुप ग्लोबल आइएमई बैंक लि.ले देशभरका विभिन्न सरकारी कार्यालय, उद्योग, विभाग, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, मालपोत कार्यालय लगायतका ३० वटाभन्दा बढी सरकारी कार्यालय परिसरबाट समेत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर, २३९ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x