बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई श्री तिनाउ इन्टरनेशनल हस्पिटलमा २० प्रतिशत छूट
काठमाडौं, ६ पुस । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि., बुटवलमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्मको छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि., बुटवलका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीूूले हस्ताक्षर गरेका छन् ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।