Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

विदेशी विनिमय सञ्चिति १५ खर्ब ६ अर्ब, १४ महिनाको वस्तु तथा सेवाको आयात धान्ने

विदेशी विनिमय सञ्चिति १५ खर्ब ६ अर्ब, १४ महिनाको वस्तु तथा सेवाको आयात धान्ने

काठमाडौं, ७ पुस । २०७७ असार मसान्तमा रू. १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.४ प्रतिशतले वृद्धि भई २०७७ कात्तिक मसान्तमा रू.१५ खर्ब ६ अर्ब ६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई १२ अर्ब ६५ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रू. १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई रू. १३ खर्ब ३२ अर्ब ६ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रू. १७ खर्ब ५ अर्ब ७१ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा १.० प्रतिशतले कमी आई रू. १७ खर्ब ३ अर्ब ९९ करोड कायम भएको छ ।
आर्थिक वर्ष २०७७÷७८ को चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.४ महिनाको वस्तु आयात र १४.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *