Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

राजदूत खतिवडाले लिए सपथ

राजदूत खतिवडाले लिए सपथ

काठमाडौैं, ९ पुस । अमेरिकाका लागि राजदूत नियुक्त भएका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा खतिवडालाई सपथ ग्रहण गराएकी हुन् ।

मंगलबार राष्ट्रपति भण्डारीले खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी थिइन्। नेपालको संविधानको धारा २८२ बमोजिम सरकारको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको थियो।

यसअघि सरकारले पूर्वअर्थमन्त्री खतिवडालाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो। राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल सकिएपछि प्रधानमन्त्री केपी ओलीले उनलाई अर्थमन्त्रीमा निरन्तरता दिएका थिए। ६ महिना त्यसरी मन्त्री बनेर आर्थिक वर्ष २०७७÷७८ को बजेट ल्याएका खतिवडाले भदौ २० मा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x