Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

भोलीदेखि २० गतेसम्म मनकाना केबुलकार बन्द गरिने

भोलीदेखि २० गतेसम्म मनकाना केबुलकार बन्द गरिने

काठमाडौं, १३ पुस । नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार सेवा सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ।

कोरोना महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गत मंसिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबुलकारमा दिनानुदिन यात्रु एवम् भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको कम्पनीका नायव महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

यात्रुको चाप बढ्दै गए पनि केबलकार मर्मत कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार नियमित बृहत् मर्मतसम्भारको समयतालिकामा अनिवार्य सेवा बन्द गरी मर्मत गर्नुपर्ने भएकाले बन्द गर्न लागिएको उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x