Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

कामना सेवा विकास बैंकले कर्पोरेट पे सेवा सुरु गर्ने

कामना सेवा विकास बैंकले कर्पोरेट पे सेवा सुरु गर्ने

काठमाडौं, १३ पुस । कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच कर्पाेरेट पे सञ्चालन गर्ने सम्झौता भएको छ । नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिहं प्रधान र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सेवा मार्फत कर्पोरेट ग्राहकले सरल तथा सुरक्षित तवरबाट फण्ड टान्सर्फर, विभिन्न प्रकारका भुक्तानीहरु र सरकारी कर लगायत अन्य धेरै डिजिटल पेमेन्टहरु घरमा नै बसि भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ। बैकंले सो सम्झौता पश्चात यो सेवा कर्पाेरेट गा्रहका लागि छिट्टै नै सञ्चालनमा ल्याउने तथा यस सेवाले कोभिड– १९ को चुनौतिपूर्ण अवस्थामा डिजिटल कारोवार गर्न थप सहजता प्रदान गर्ने बताइएको छ।

बैंकले देशका विभिन्न भागमा १ सय २४ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x