Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

लाइसेन्सका लागि नौ महिनापछि मंगलबारदेखि आवेदन दिन सकिने

लाइसेन्सका लागि नौ महिनापछि मंगलबारदेखि आवेदन दिन सकिने

काठमाडौं, १३ पुस । कोरोना संक्रमण नियन्त्रणका लागि गएको चैतमा गरिएको लकडाउन यता बन्द सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ । मंगलवार (भोली) देखि लाइसेन्सका लागि आवेदन दिन सकिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको स्वास्थ्य मापदण्ड पूरा गरि पुनः लाइसेन्सको सेवा सुचारु गर्ने निर्णय गरेको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए ।

विभागले प्रादेशिक कार्यालयमार्फत लाइसेन्सका लागि परीक्षा लिने तयारी गरेको छ । सेवाग्राहीले अनलाइनमार्फत फारम भरिसकेपछि मिति तोकेर लिखित तथा ट्रायल परीक्षा गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x