नेपाल राष्ट्र बैंकले आज दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै
काठमाडौं, १३ पुस । नेपाल राष्ट्र बैंकले आज दुई अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै छ ।
राष्ट्र बैंकका अनुसार दुई अर्ब बराबरको ट्रेजरी बिल ३ सय ६४ दिनका लागि बिक्री गर्न लागिएको हो । सो बिल २०७८ पुस १३ गते परिपक्व हुनेछ ।
यस्तै १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ ।
बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।