Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गोलाप्रथाबाट लाप्राकबासीलाई घर बाँडफाँट

गोलाप्रथाबाट लाप्राकबासीलाई घर बाँडफाँट

काठमाडौं, २२ फागुन । गैर आवासीय नेपाली संघको सहयोगमा गोरखा जिल्ला लाप्राकको नमुनावस्तीमा निर्माणाधीन घरहरु गोलाप्रथाबाट लाभग्राहीलाई बाँडफाट गरिएको छ । संघका अध्यक्ष भवन भट्ट र धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङको उपस्थितिमा भूकम्प पीडितहरुलाई घर बाँडफाँट गरिएको हो । औपचारिक हस्तान्तरण भने निर्माण सम्पन्न भएपछि गरिने गैर आवासीय नेपाली संघले जनाएको छ ।
संघका प्रवक्ता भूषण घिमिरेका अनुसार, घरहरु निर्माणमा लाभग्राहीको संलग्नताका लागि घर बाँडफाँट गरिएको हो । यसले निर्माण कार्यलाई थप तीव्रता दिने अपेक्षा गरिएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सहरी विकास मन्त्रालयबीचको समझदारी अनुसार लाप्राक नमुनाबस्ती गैर आवासीय नेपाली संघले निर्माण गर्न लागेको हो । लाप्राक एकीकृत नमुनाबस्तीमा ५७३ घरहरु निर्माण हुँदैछन् । गत वर्गा असोज महिनादेखि निर्माण शुरु भएका यी घरहरु आउँदो असोज महिनामा गैर आवासीय नेपाली स्थापना दिवसको अवसरमा वितरण गर्ने कार्यक्रम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x