Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपालमा बार्षिक ७ अर्वको जुत्ता, चप्पल आयात

नेपालमा बार्षिक ७ अर्वको जुत्ता, चप्पल आयात

युवराज पन्त

काठमाडौं, २२ फागुन । नेपालमा वार्षिक ७ अर्व रुपैयाँ बराबरको जुत्ता, चप्पल आयात हुने गरेको छ। व्यवसायीहरुका अनुसार कुल मागको ५० प्रतिशत मात्र स्वदेशी उत्पादनले धान्ने गरेको छ । बाँकी ५० प्रतिशत भारत, चीन लगायतका मुलुकहरुबाट आयात हुने गरेको छ । जसका लागि ७ अर्व रुपैयाँ भन्दा बढी रकम बाहिरने गरेको फुट्वेर म्यानिफ्याचर एसोसिएसन नेपालका नि–वर्तमान अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।

त्यस्तै चुत्ता, चप्पल बनका लागि आवश्यक ७० प्रतिशत कच्चा पदार्थ विदेशवाट आयात हुने गरेको उनले जानकारी दिए । नेपालमा वार्षिक ७ करोड जोर निमार्ण हुन्छ भने खरिदका लागि वार्षिक ३५ अर्व प्रत्यक्ष कारोवार हुने गरेको उपाध्यायले बताए । उपाध्यायका अनुसार विदेशी जुत्ताचप्पलको तुलनामा नेपाली जुत्ताचप्पल सस्तो, टिकाउ, गुणस्तरिय हुन्छ । यस व्यवसायबाट करिब ६० हजारले प्रत्यक्ष र ३ लाख भन्दा वढिले अप्रत्यक्ष रोजगारी पाउने गरेका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x