Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेयर बजारमा आज पनि १६ अंकको गिरावट, परिसूचक १२८७ बन्दिुमा

सेयर बजारमा आज पनि १६ अंकको गिरावट, परिसूचक १२८७ बन्दिुमा

काठमाडौं, २१ फागुन । साताको दोस्रो कारोबार दिन आज पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेसँगै केही बढेपनि त्यसपछि क्रमश घटेको बजार १६.७९ अंकले घटेर १२८७.७४ बिन्दुमा झरेर बन्द भएको छ ।

बजारको यो बिन्दु एक वर्षयताकै सबैभन्दा न्यून बिन्दु हो । आज कारोबारमा आएका मध्ये ट्रेडिङ र होटल समूहको परिसूचक झिनो अंकले उकालो लागेपनि बाँकी सबै परिसूचक ओरालो लागेको छ। सबैभन्दा बढी गिरावट बीमा क्षेत्रमा आएको छ । १५३ कम्पनीको ३९ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । कारोबार रकम पनि हिजोको तुलनामा ९ करोडले कमि आएको छ ।

हिजो एकै दिन सेयर बजारमा ४१ अंकले गिरावट आएको थियो । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको र त्यसैको प्रभाव बजारमा परेको भन्दै सेयर लगानीकर्ताहरुले हिजो विज्ञप्ती नै जारी गरि मन्त्रीको अभिव्यक्तिको खण्डन गरेका थिए । त्यस्तै मन्त्री खतिवडाले पनि आज गोरखापत्रमा दिएको अन्तर्वार्ता मार्फत सेयर बजारलाई आफुले अनुत्पादक क्षेत्र नभनेको स्पष्टिकरण दिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x