Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

बंगलादेशबाट ५० हजार मेटन मल आउने प्रक्रिया अन्तिम चरणमा

बंगलादेशबाट ५० हजार मेटन मल आउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं, १४ पुस । बंगलादेशबाट यही पुस महिनाभित्रै रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले एलसी (प्रतीतपत्र) खोलेलगत्तै यसको १० दिनभित्र मल ढुवानीको शुरुआत हुने बताइएको छ । कृषि सामग्री कम्पनीले आइतवार बैंकमार्फत एलसीका लागि प्रक्रिया शुरू गरिसकेकाले अर्काे हप्ताबाट मल ढुवानी थालिने बंगलादेशस्थित नेपाली राजदूत डा. वंशीधर मिश्रले जानकारी दिएको राससमा उल्लेख छ ।
सम्झौताअनुसार एलसी खोलेको १० दिनभित्रमा मल ढुवानी शुरु गरिसक्नुपर्ने र दुई महिनाभित्रमा ढुवानी सक्नुपर्ने हुन्छ । सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउँदै छ । मल भिœयाउँदा प्रतिमेट्रिकटन ३५९ दशमलव ५ डलर बराबर लाग्ने बताइएको छ । यो हाल आयात भइरहेको मलको तुलनामा प्रतिमेट्रिकटन झण्डै साढे १८ डलरको दरले सस्तो हो
सरकारले गत अप्रिलदेखि बंगलादेशसँग मल ल्याउने विषयमा छलफल चलाएको थियो । जुन १ मा दुवै देशका प्रधानमन्त्रीबीच कुराकानी हुँदा मल पठाउन सहमति जुटेको थियो । सोहीअनुसार झण्डै आठ महिनापछि प्रक्रियाले पूर्णरूप लिएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहितको टोली बंगलादेश आएर यहाँको बिसिआइसीका हालका कार्यवाहक अध्यक्ष महम्मद एमिन उल अहसन नेतृत्वको टोलीसँग यही डिसेम्बर १७ (पुस २) गते सरकार–सरकार बीच (जिटुजी) मार्फत मल ल्याउने गरी सम्झौता भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *