Date

बुध, माघ २, २०८१
Wed, January 15, 2025

नेप्से परिसूचक ४९ अंक बढ्यो, तीन कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

नेप्से परिसूचक ४९ अंक बढ्यो, तीन कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं, १५ पुस । बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले वृद्धि भएर बन्द भएको छ । हिजो सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक आज ४९.१७ अंक वृद्धि भएर २०६२.०६ विन्दुमा रोकिएको छ । परिसूचक हिजो २०१२.८९ विन्दुमा थियो । बजार खुलेदेखि उकालो लागेको थियो ।

२०८ कम्पनीको ९९ लाख १० हजार ३ कित्ता शेयर ४ अर्ब ४४ करोड ६२ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड, नागरिक लगानी कोष र हिमालयन डिष्टिलरी लिमिटेडको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । साल्ट ट्रेडिङ्गको प्रतिशेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने नागरिक लगानी कोषको शेयर मूल्य ९.९९ प्रतिशत र हिमालयन डिष्टिलरीको शेयर मूल्य पनि ९.९९ प्रतिशतले वृद्धि भएको छ । साल्ट ट्रेडिङ्गको प्रतिशेयर मूल्य ५ हजार ७१० रुपैयाँ, नागरिक लगानी कोषको ३ हजार ३६८ रुपैयाँ र हिमालयन डिष्टिलरीको ५ हजार ९८ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सर्वाधिक मूल्यको शेयर खरिद विक्री शिवम सिमेन्टको भएको छ । यो कम्पनीको ३४ करोड ४४ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ । कारोबारमा आएका १२ समूहमध्ये होटल समूह र विकास बैंक समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूूचक वृद्धि भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि उत्पादन तथा प्रशोधन समूहको ६.८९ प्रतिशत भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x