Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल भेन्टिलेटर बैंकलाई फो पे मार्फत सहयोग रकम हस्तान्तरण

नेपाल भेन्टिलेटर बैंकलाई फो पे मार्फत सहयोग रकम हस्तान्तरण

काठमाडौं, १६ पुस । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा साथ दिएको फोनपे पेमेन्ट सर्विस लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको छ । यस अभियान अन्तरगत फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार रू एक छुट्याइएको थियो । यसरी छुट्याइएको ५ लाख ९१ हजार ६ सय ७ रूपैयाँ नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइएको हो ।

सहयोग रकम एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले भेन्टिलेटर बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठलाई हस्तान्तरण गरेका हुन । भेन्टिलेटर बैंकलाई सहयोग गर्नका लागि भाद्र १ गतेदेखि एक महिनासम्म यो अभियान लागु गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x