Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सव बुधबारदेखि

अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सव बुधबारदेखि

काठमाडौं, २२ फागुन । मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण भोलि २३ गते वुधबारबाट सुरु भई २६ गते शनिवारसम्म भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा हुने मानव अधिकार चलचित्र केन्द्रले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सन् २०१० देखि सुरु भएको महोत्सवको यो संस्करणमा महिलामाथि समर्पित रहने आयोजकले बताएको छ । “महिला सशक्तिकरण” नारा दिएको यस महोत्सवमा ३० देशका ७१ फिल्म प्रदर्शन हुनेछन् । महोत्सवमा नेपाली फिल्मकर्मीले निर्माण गरेका २० फिल्म प्रदर्शन समेत हुने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा उत्कृष्ट हुने ५ फिल्मले जनही ४० हजार नेपाली रुपैंया प्राप्त गर्नेछन् । महोत्सवमा नेपाली पानोरमा र विदेशीतर्फ फिक्सन र ननफिक्सन एक–एक फिल्मलाई पुरस्कृत गरिनेछ भने एक फिल्मलाई जुरी अवार्ड समेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x