सन् २०२२ भित्र नेपाल मध्य अर्थतन्त्र भएको मुलुकमा स्तरोन्नती हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको विकास लक्ष्यअनुरूप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा स्तारोन्नती गर्ने बताएका छन् । अंग्रेजी नयाँ वर्ष सन् २०२१ को उपलक्ष्यमा भिडियो सन्देश दिँदै उनले यस्तो बताएका हुन ।
मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाइएको र पूर्वाधारका क्षेत्रमा यातायात, पुल, रङ्गशाला र अन्य पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएको बताए ।
सन् २०२० मा कोभिड–१९ को क्षति तुलनात्मकरूपमा न्यून गर्न नेपाल सफल रहेको र यस सङ्क्रामक महामारीबाट नागरिकलाई बचाउन सरकारले अवलम्बन गरेका उपायलाई साथ दिँदै सुरक्षित रहन पनि उनले आग्रह गरे ।