युवा लक्षित “युथ म्युजिक कन्टेस्ट २०२१” को प्रायोजन सिभिल बैंकले गर्ने
काठमाडौं, १७ पुस । दया फाउन्डेसनले गर्न लागेको “युथ म्युजिक कन्टेस्ट २०२१” नामक साङ्गितिक प्रतिस्प्रधात्मक कार्यक्रमको प्रायोजन सिभिल बैंक लिमिटेडले गर्ने भएको छ । कार्यक्रममा १५ वर्षदेखी २८ वर्षसम्मका युवाहरुले सहभागीता जनाउँन पाउँने छन् ।
इच्छुक प्रतियोगीहरूले मोवाइल एप्लिकेशनहरु जस्तै स्टारमेकर, स्म्युल, इत्यादि अथवा आफैले वा समूहमा वाद्ययन्त्र बजाएर गाईएको अधिकतम ५ मिनेटको गीत “युथम्युजिक कन्टेस्ट २०२१” फेसबुक ग्रुपमा अपलोड गर्नुपर्नेछ । प्रतिस्पर्धीले कुनै पनि भाषाको गीत गाउँन सक्ने छन् । यद्दपी नेपालको विभिन्न मौलिक भाषामा गाईएका गीतहरुलाई भने प्राथमिकता दिइनेछ । नयाँ प्रतिभावान युवा गायक तथा गायिकाहरुलाई प्रोत्साहन गर्न यो प्रतियोगिता आयोजना गरिएको बताइएको छ । पहिलो चरणको गीत अपलोड जनवरी १२ तारिकसम्म गर्नु पर्नेछ ।
निर्णायक मण्डलद्वारा गायकीको स्तर मापनपश्चात जनवरी १५ तारिकमा कुल २१ प्रतिस्पर्धीहरुको छनौट गरिनेछ । ती २१ प्रातिस्पर्धीहरुले दोस्रो चरणको गीत जनवरी १८ तारिकसम्म अपलोड गरि सक्नु पर्नेछ । अन्तिम चरणमा “युथम्युजिक कन्टेस्ट २०२१” का विजेताहरूको घोषणा ७० प्रतिशत “युथम्युजिक कन्टेस्ट २०२१” को फेसबुक ग्रुपमार्फत प्राप्त लाईकको आधारमा र ३० प्रतिशतको निर्णायक मण्डलद्वारा प्रदान गरिएको अंकको भारित औसतको आधारमा गरिनेछ ।
यस प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो पुरस्कार क्रमशः २५ हजार, १५ हजार र हजार रहेको छ ।