Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

प्रविधिको विकासमा लाग्नुहोस् सरकारले सहयोग गर्छ : सञ्चारमन्त्री गुरूङ

प्रविधिको विकासमा लाग्नुहोस् सरकारले सहयोग गर्छ : सञ्चारमन्त्री गुरूङ

काठमाडौं, १७ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रविधिको विकासलाई जोड दिनु पर्ने बताएका छन् । नेपाल टेलिकमले विकास गरेको एनटी टिभिको उद्घाटन गर्दै मन्त्री गुरुङले पछिल्लो समय विश्वले प्रविधिमा फड्को मारेको भन्दै प्रविधिको विकासले जनताको चेतनामा वृद्धि हुने भएकाले त्यसतर्फ सम्बन्धीत संस्था लाग्नु पर्ने बताएका हुन् । नेपाल टेलिकमले योसगै एउटै कनेक्सनबाट तीन ओटा सेवा दिन थालेकोले यो उदाहरणीय काम भएको प्रष्ट पारे । निजी संस्थासँग प्रतिस्पर्धामा गर्नसक्ने क्षमता विकास गर्न पनि टेलिकमलाई निर्देशन दिए ।

टेलिकमले ल्याएका नयाँ योजनामा सरकारले आवश्यक सहयोग गर्ने मन्त्री गुरुङले प्रतिवद्धता जनाए ।

नेपाल टेलिकमले आजबाट एनटी टिभी सेवा सुरू सुरु गरेको छ । यो सेवा सुरु गरेसँगै टेलिकमको कनेक्सनबाट भ्वाईस, डाटा र भिडियो सेवा उपलब्ध हुने प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जनाकारी दिए । अधिकारीका अनुसार एक घर एक फाईवर कनेक्सनको योजनाका साथ कम्पनी अगाडि बढिरको छ । यो सेवा अहिले काठमाडौं उपत्यका र बनेपामा सुरुवात गरिएको छ भने केही समयमा नै देशभर विस्तार गरिने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x