Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

जाडोका कारण बढ्यो बिजुलीको माग, आपूर्ति सन्तुलनमा लागिपरेका छौं : प्राधिकरण

जाडोका कारण बढ्यो बिजुलीको माग, आपूर्ति सन्तुलनमा लागिपरेका छौं  : प्राधिकरण

काठमाडौं, १८ पुस । नेपाल विद्युत् प्राधिकरणले जाडोका कारण बिजुलीको माग बढेको बताएको छ । पछिल्लो समय उपत्यकाका केही स्थानमा विद्युत् आपूर्तिमा समस्या आएको विषय उठिरहेको सन्दर्भमा प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हाल प्रणालीमा १ हजार ४६० मेगावाटसम्म बिजुलीको माग देखिएको बताए ।
विद्युत् आपूर्तिलाई नियमित बनाउन बढी माग हुने समय हेरेर प्राधिकरणका अर्धजलाशयुक्त आयोजनालाई दिउँसोको समयमा बन्द गरी साँझ चलाइएको र भारतबाट पनि आवश्यकताका आधारमा आयात गरिएको कामु कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।
औद्योगिक कोरिडोरमा समेत बिजुलीको खपत बढाउनतर्फ प्राधिकरण लागिपरेको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमा आएका अनावश्यक हल्लाका पछाडि नलाग्न आग्रह गरे ।
भारतबाट बढी बिजुली माग हुने साँझको समयलाई लक्षित गरेर गत वर्षको भन्दा १०० मेगावाट बढी बिजुली ल्याइएको उनले बताए । प्राधिकरणको शुक्रवारको तथ्याङ्कमा ११ हजार ५०५ मेगावाट बिजुली भारतबाट आयात भइरहेको छ । प्राधिकरणका आयोजनाबाट ५५० मेगावाट बिजुली उत्पादन भइरहेको तथा निजी क्षेत्रका आयोजनाबाट पनि सोही अनुपातमा बिजुली उपलब्ध भएको शाक्यले बताए ।
प्राविधिक समस्याका कारण एकाध मिनेट बिजुली काटिँदैमा त्यसलाई विद्युत्भार कटौती भन्न नहुने भन्दै नेपाल विद्युत् प्राधिकरणले समस्या देखिने बित्तिकै समाधान गरेको दाबी गरेको छ । केही स्थानमा ट्रान्सफर्मर स्थानान्तरण, वितरण लाइनको मर्मत तथा अन्य प्राविधिक कारणले एकाध मिनेट बिजुली काटिँदा त्यसैलाई नै बिजुली कटौती भयो भन्ने अर्थमा लिन नहुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x