Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बैंक तथा वित्तीय संस्था परिसंघ र अर्थमन्त्रीबीच भेटवार्ता, कोभिड प्रभावित अर्थतन्त्र चलायमान बनाउन सुझाव प्रस्तुत

बैंक तथा वित्तीय संस्था परिसंघ र अर्थमन्त्रीबीच भेटवार्ता, कोभिड प्रभावित अर्थतन्त्र चलायमान बनाउन सुझाव प्रस्तुत

काठमाडौं, २१ पुस । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता तथा छलफल सम्पन्न भएको छ । उक्त अवसरमा परिसंघले कोभिड प्रभावित अर्थतन्त्री पुनरुत्थान तथा चलायमान बनाउन विभिन्न सुझाव समेत प्रस्तुत गरेको छ ।
सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानूको नेतृत्वको प्रतिनिधिमण्डलले वर्तमान अवस्थामा समग्र राष्ट्रको अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल सरकार, मातहतका निकाय र निजी क्षेत्रले निर्वाह गर्नुपर्ने विषयहरु एवं सहकार्यका संभावित क्षेत्रहरुका वारेमा अर्थमन्त्री पौडेललाई संक्षिप्त जानकारी गराउँदै परिसंघको तर्फबाट संस्थागत सुझावहरु समेत पेश गरेको हो ।
उक्त भेटघाटका क्रममा परिसंघका अध्यक्ष गोल्यानले परिसंघको उद्देश्य, आवश्यकता र भूमिकाका विषयमा प्रकाश पार्दै नेपाल सरकार, अर्थ मन्त्रालय र मातहतका निकायहरुले विषम परिस्थितिलाई मध्यनजर गर्दै समग्र निजी क्षेत्रसँग हातेमालो गर्नुपर्ने, देशैभरी छरिएर रहेको आर्थिक स्रोत परिचालन गर्न सेयरबजारमार्फत बैंकहरुलाई ब्रोकर लाइसेन्स सहजरुपमा दिने व्यवस्था गरिनुपर्ने, प्रोमोटर सेयर पब्लिक सेयरमा रुपान्तरण गर्न पाउनुपर्ने, वित्तीय क्षेत्रलाई अरु व्यवसाय सरह नै करको दर लागू गरिनुपर्ने, वित्तीय संस्थाहरु गाभ्ने र गाभिने प्रक्रियालाई सहज बनाउनका लागि स्प्रेड रेटमा १ प्रतिशत सुविधा दिइनुपर्ने, बैंक तथा वित्तीय संस्थाहरुले गर्ने आन्तरिक व्यवस्थापनका कार्यमा हस्तक्षेपकारी नीति हटाउनुपर्ने र नीतिगतरुपमा देखिएका व्यवहारिक समस्याहरुलाई सहज बनाउनुपर्नेमा जोड दिए ।
त्यसैगरी परिसंघका उपाध्यक्ष श्री भोजबहादुर शाहले कोभिड–१९ ले ग्रस्त बनेको नेपालको अर्थतन्त्रलाई गतिशिल बनाउनका लागि नेपाल सरकारले वित्तीय साक्षरता, साना तथा मझौला उद्योगहरुको विकास विस्तारका लागि सहज वित्तीय पहुँच, युवा तथा महिला उद्यमशिलताको विकास एवं विस्तार जस्ता विषयमा व्यवसायिक तालिम तथा प्रशिक्षण कार्यक्रम गर्नुपर्ने विषयमा जोड दिँदै त्यस्ता कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा सहयोग तथा सहकार्य गर्न सिविफिन सदैव तत्पर रहेको विषय औंल्याए ।
रिलायन्स फाइनान्सका अध्यक्ष कुशकुमार मल्लीले वित्तीय संस्थाहरुको वर्ग अनुसारको कार्यक्षेत्र स्पष्ट हुनुपर्नेमा जोड दिए ।
प्रतिनिधिमण्डलले व्यक्त गरेका रायहरु र पेश गरेको सुझावहरुलाई सकारात्मक रुपमा लिएका अर्थमन्त्री पौडेलले नेपाल सरकार सदैव बैंक तथा वित्तीय संस्था परिसंघ नेपालसँग सहकार्य गर्दै अगाडि बढ्ने विषयमा जोड दिँदै राष्ट्रको सर्वाङ्गिण विकासका लागि सम्पूर्ण क्षेत्रहरुबाट योगदानको अपेक्षा व्यक्त गरे । साथै सिविफिनले पेश गरेका महत्वपूर्ण रायसुझावहरुको आवश्यक सम्बोधनसहित कार्यान्वयन गर्न सिविफिनसँग निरन्तर छलफल गर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x