Date

बिहि, जेष्ठ २, २०८२
Thu, May 15, 2025

आरम्भ चौतारीको सेयर कारोबार आइतबारबाट खुल्ने

आरम्भ चौतारीको सेयर कारोबार आइतबारबाट खुल्ने

काठमाडौं, २३ पुस । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आगामी आइतबारदेखि दोस्रो बजारमा खुल्ने भएको छ। सीवाईसी नेपाल र शालिग्राम लघुवित्तसँगको मर्जर सम्झौता पछि रोक्का रहेको आरम्भ चौतारीको शेयर कारोबार आइतबारबाट खुल्न लागेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आरम्भ चौतारीको शेयर कारोबार गत असोज ११ गतेबाट रोक्का गरेको थियो। अब ती दुई लघुवित्तसँग मर्जर सम्झौता रद्द गरेपछि आरम्भ चौतारीको शेययर कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ ।

हिजो बुधबार नेपाल राष्ट्र बैंकले सीवाईसी नेपाल र शालिग्राम लघुवित्तसँग मर्जर सम्झौता रद्द गरेको आरम्भ चौतारीको धितोपत्र कारोबार फुकुवा गरिदिन भन्दै नेप्सेलाई पत्र लेखेको थियो।

ती दुई लघुवित्तसँग मर्जर रद्द गरेको आरम्भ चौतारीले गत पुस १३ गते बीपीडब्ल्यू र देउराली लघुवित्तलाई प्राप्ति गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *